यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा आज नेपाल–जापान भिड्दै, एसिया कप छनोटको अवसर

कोल्हवी न्यूज
२०८३ असार ३१, बुधबार ०६:५४ गते

 एसीसी महिला यू–१९ प्रिमियर कपअन्तर्गत नेपालले आज क्वार्टरफाइनलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ। यस खेलमा जित हात पारे नेपाल आगामी यू–१९ महिला एसिया कपका लागि आधिकारिक रूपमा छनोट हुनेछ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अपराजित रहँदै क्वार्टरफाइनल पुगेको हो। नेपाली टोलीले आफ्ना सबै खेलमा १०० भन्दा बढी रनको फराकिलो अन्तरले जित निकाल्दै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

आजको खेलमा पनि त्यही लयलाई कायम राख्दै नेपाल सेमिफाइनल प्रवेशसँगै एसिया कपको टिकट सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै आएको नेपाली टोली जापानविरुद्ध पनि आत्मविश्वासका साथ मैदानमा उत्रने तयारीमा छ।

नेपालले समूह चरणमा देखाएको प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सके यू–१९ एसिया कपमा स्थान बनाउने सपना पूरा हुने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*