फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा

कोल्हवी न्यूज
२०८३ असार ३१, बुधबार ०६:३९ गते

डलास (अमेरिका) । स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो। खेलको २२औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। फ्रान्सका लुकास डिग्नेले लामिन यामालमाथि फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।

पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

बाँकी समयमा फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। निर्धारित समयसम्म थप गोल नहुँदा स्पेन २–० को जितसहित विश्वकप २०२६ को फाइनलमा पुग्न सफल भयो।

अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*