महोत्तरीको भंगहा नगरपालिका ४ मा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सप्पन्न

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार ०७:१६ गते

कोल्हवी/महोत्तरीको भंगहा नगरपालिका ४ रामनगर बिर्तामा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सप्पन्न भएको छ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा बोल्दै लक्ष्मण थारुले थारुहरुको बाहुल्यता रहेको नगरपालिकामा यहाको स्थानीय सरकारको प्रमुख थारु हुनु पर्ने कुरामा जोड दिनु भयो । त्यसकालागी सम्पुर्ण थारुहरु एकजुट भएर अघि बढनु पर्छ भन्ने संदेश दिनुभयो। साथै टिकापुर घट्नामा मुछिएका घरबार बिहिन भएका निर्दोषहरुको रिहाइको माग हुनु पर्ने कुरामा समेत जोड दिनु भयो।
उक्त कार्यक्रममा विशिष्ट अतिथीहरुमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य श्रवण थारु,प्रभु सिंह,बद्रीनारायण चौधरी,बैजु राजवन्सी थारु, लगायत हजारौंको संख्यामा थारु समुदायको उपस्थित रहेको थियो। उक्त कार्यक्रमको अध्यक्षता थरुहट थारुवान महोत्तरी को संयोजक कमल सिंह थारुले गर्नु भएको थियो । त्यस्तै स्वागत मन्तव्य कमल सिंह थारुले गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*