विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा, रोहितको कप्तानीमा १५ खेलाडी

कोल्हवी न्यूज
२०८३ असार १२, शुक्रबार १८:४४ गते

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।

घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीसहित अनुभवी र युवा खेलाडीको समावेश गरिएको छ।

त्यसैगरी सन्दीप जोरा, शहाब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।

विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग हुने महत्वपूर्ण प्रतिस्पर्धाका लागि घोषित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अंक जोड्ने लक्ष्य लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*