भारत निकासीको तयारीमा रहेको ४.४२ किलो अफिम बरामद

कोल्हवी न्यूज
२०८३ असार १२, शुक्रबार १८:५२ गते

हेटौंडा । भारततर्फ निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम लागुऔषध अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले शुक्रबार दिउँसो मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४० वर्षीय राजकुमार तितुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ४ किलो ४२० ग्राम अफिम बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त लागुऔषध भारततर्फ निकासी गर्ने तयारी भइरहेको आशंका गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*