रास्वपा महाधिवेशन : उपसभापतिमा सोबिता गौतमको विजय

कोल्हवी न्यूज
२०८३ असार १२, शुक्रबार १९:०३ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन्।

शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारी निर्वाचनमा उनले प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी प्राप्त गरेकी हुन्।

सोबिता हाल प्रतिनिधिसभा सदस्य तथा कानुन मन्त्रीका रूपमा कार्यरत छिन्। उनी यसअघि रास्वपाको सचिवालय सदस्य रहिसकेकी छन् भने अघिल्लो कार्यकालमा पनि सांसद बनेकी थिइन्।

रास्वपाको विधानअनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था छ। यसअघि स्वर्णिम वाग्ले निर्विरोध उपसभापति चयन भइसकेका छन् भने अर्को एक उपसभापति मनोनयनमार्फत चयन गरिनेछ। सोबिताको विजयसँगै रास्वपाको नयाँ नेतृत्व टोली थप पूर्ण हुने क्रममा पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*