बारामा पिकअपको ठक्करबाट वृद्धको मृत्यु
२०८३ असार २८, आईतवार १७:०७ गते
बारा, २८ असार – बाराको निजगढ नगरपालिका–१ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो साँझ करिब ५ बजे सिन्धुलीबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ च ६८३० नम्बरको कुखुरा बोकेको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि गाडी अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा निजगढ नगरपालिका–७ योजनाटोल निवासी करिब ८५ वर्षीय जयबहादुर पुलामी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि स्थानीयवासी र प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










