सिमरामा प्रथम नगरस्तरीय अन्तर विद्यालय फुटबल प्रतीयोगीता हुने
बाराको जीतपुर–सिमरा उपमहानगरमा प्रथम नगरस्तरीय अन्तर विद्यालय फुटबल प्रतीयोगीता हुने भएको छ । ग्रासरुट फाउण्डेशन सिमराले आयोजना गर्ने प्रतीयोगीता आगामी मंसीर १६ देखि पौष ३ गतेसम्म चल्ने आयोजक कमिटिले जनाएको छ ।
जीतपुर–सिमरा उपमहानगरपालीका–१ स्थित सिमरा रंगशाालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।
अनुमानीत ६ लाखको लागतमा संचालन हुने फुटबल प्रतीयोगीमा प्रथम हुने टोलीलाई आकर्षक पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफिसमेत प्रदान गरिने छ ।
प्राणनाथ हार्डवेयर सिमराको प्रायोजनमा संचालन हुने प्रतीयोगीताको सह–प्रायोजन यु आर गोल्ड प्रिमियम मसला चियाले गर्ने जनाईएको छ ।









