गौरको होटलमा सामूहिक जबरजस्ती करणी आरोपमा पाँच जना पक्राउ

कोल्हवी न्यूज
२०८३ असार २४, बुधबार ०६:५८ गते

रौतहट । रौतहटको गौर नगरपालिका–२ स्थित एक होटलमा भएको सामूहिक जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे पीडितबाट सूचना प्राप्त हुनासाथ खटिएको टोलीले घटनामा संलग्न भनिएका पाँचै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन्। त्यस्तै भारतको बिहार राज्य, मजफरपुर जिल्लाका चार जना—३३ वर्षीय मो. ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध सामूहिक जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*