सर्वोत्तम संचितीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमुखी क्षेत्रमा लगानी
हेटौंडा ८ कमानेमा रहेको सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा शनिबार भएको छ ।
७ करोड ३२ लाख २८ हजार ४७ रुपैयाँको कारोबार रहेको संस्थाले आफ्ना शेयर सदस्यलाई ५ करोड ६० लाख २४ हजार ५४७ ऋण प्रवाह गरेको छ । १८०३ जना शेयर सदस्य रहेको संस्थामा १ करोड ७० लाख शेयरपुजी रहेको छ ।
सभामा सहकारीले एकै दिन श्रीमान÷श्रीमती शेयर सदस्य बनेका २५ जोडीलाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट बाल बचतकर्ता सामभवी श्रेष्ठ, असल ऋणी सावित्री अर्याल, अधिक शेयर सदस्य भएको समुह, व्यवसायिक समूह, अनुशासित समूह, अधिक शेयर सदस्य बनाउने समुहलाइ पुरस्कृत गरिएको थियो ।

स.स्थाले ऋण लगानी मात्रै नभई शेयर सदस्यहरुको स्वास्थ्य प्रति ध्यान राखेर मिसावट रहित र अर्गानिक यपभोग्य बस्तुहरु उत्पादन गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी समेत बढाउँदै संस्थाको आम्दानीको दायार फराकिलो पार्दै आएको छ ।
संस्थाले हेटौंडाको विभिन्न तीन स्थानमा सेवा केन्द्र समेत सञ्चालन गर्दै आइरहेको सहकारीले शुद्ध तोरीको तेल, फापर, कोदोको पिठो, जौ र चनाको सातु, मकैको च्याख्ला जस्ता वस्तु उत्पादन गरि विक्रिवितरण गर्दै आइरहेको छ ।
हेटौंडा उपमहानगरका सामान्य प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाको प्रमुख अतिथ्यतामा भएको सभामा दिव्यतारा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डा. गणेश लामा, संस्थाका सल्लाहकार शम्भुप्रसाद दुलाल, कानुनी सल्लाहकार आरके मैनाली, लेखा समिति संयोजक रेवती रमण न्यौपाने लगायतको अतिथ्यता रहेको थियो । साधारणसभा सहकारीका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।









