बाराको जीतपुरबाट लागूऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

कोल्हवी न्यूज
२०८३ असार २१, आईतवार १६:२८ गते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल नजिकबाट प्रहरीले खैरो हिरोइन र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तलासीका क्रममा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हिरोइन र २५ दशमलव ५३ ग्राम गाँजा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा आसपासका क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र नियमित चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*