जितिया बहुउद्देश्यीय सहकारी सस्था लि। कोल्हबी १ बाराको तेस्रो साधारण सभा सम्पन्न
बाराको कोल्हबी १ मा स्थित श्री जितिया बहुउद्देश्यीय सहकारी सस्था लि ।को तेस्रो बार्षिक साधारण सभा शनिबार थारु सेवा सदनको सभा हलमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक सिमरा शाखाका प्रमुख सुरेश लागे बिशिस्ट अतिथी कोल्हबी न पा वाड न १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी वाड न ७ का अध्यक्ष बिरेन्द्र चौधरी कोल्हबी न पा का सहकारी प्रमुख पुरुसोतम ओलि सस्थाका सस्थापक अध्यक्ष गणेश चौधरी ऋण समितीका संयोजक जय प्रकाश चौधरी लगाए सम्पुर्ण सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य त्रियोगि चौधरीले गर्नु भएको थियो ।शुभकामना मन्तव्य वाड न १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी ७ का बिरेन्द्र चौधरी पुरसोतम ओलि प्रमुख अतिथी सुरेश लागेले शुभकामना ब्यत्त गर्नु भएको थियो।









