कमेडी च्याम्पियन सिजन ४ मा नम्रता श्रेष्ठ होस्ट

कोल्हवी न्यूज
२०८३ असार १९, शुक्रबार १७:५८ गते

काठमाडौं । नम्रता श्रेष्ठ कमेडी रियालिटी शो कमेडी च्याम्पियनको चौथो सिजनमा होस्टका रूपमा देखिने भएकी छन्।

सांसद बनेपछि रिमा विश्वकर्माले कार्यक्रमबाट विश्राम लिएपछि उनको स्थानमा नम्रता श्रेष्ठलाई होस्टको जिम्मेवारी दिइएको हो।

यसअघि कमेडी च्याम्पियनका लगातार तीन सिजन रिमा विश्वकर्माले होस्टको भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रम स्रोतका अनुसार नम्रता श्रेष्ठसँग चौथो सिजनका लागि सम्झौता भइसकेको छ। अघिल्ला सिजनहरूझैँ यसपटक पनि एक सिजनका लागि मात्रै सम्झौता गरिएको बताइएको छ।

थ्री प्रोडक्सनको निर्माणमा तयार भइरहेको कमेडी च्याम्पियन सिजन ४ छिट्टै प्रसारण हुने तयारीमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*