पर्सामा ठूलो परिमाणमा गाँजा बरामद, संलग्नको खोजी तीव्र

कोल्हवी न्यूज
२०८३ असार १९, शुक्रबार १७:४६ गते

पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका–४ मधवलस्थित बाँसघारीबाट प्रहरीले २७ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा बिहीबार राति सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट संयुक्त रूपमा खटिएको सुरक्षा टोलीले बाँसघारीभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*