बारामा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
बारामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा खेतबाट घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय १२ वर्षीया सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा स्थानीय ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान सम्पन्न गरेको जनाएको छ। घाइते सरिता देवी दासको सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










