नेप्से १६.५४ अंकले ओरालो, कारोबार २ अर्ब ६७ करोडमै सीमित

कोल्हवी न्यूज
२०८३ असार १५, सोमबार १५:३६ गते

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.५४ अंकले घट्दै २६३२.९६ बिन्दुमा झरेको छ। बजारमा बिक्रीचाप बढेपछि सबै उपसूचक ओरालो लागेका हुन्।

आज ३५१ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका सबै १३ उपसमूहमध्ये कुनै पनि समूह हरियो रहन सकेन। सबैभन्दा धेरै फाइनान्स समूह १.१३ प्रतिशत र होटल तथा पर्यटन समूह १.१४ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। बजार घटे पनि चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। उक्त बैंकको ८ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

आज टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १४.९९ प्रतिशतका दरले नाफा कमाएका छन्। यता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.८३ प्रतिशतले गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*