मकवानपुर भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

कोल्हवी न्यूज
२०८३ असार १२, शुक्रबार ०७:०६ गते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–३ मराङचोक निवासी करिब ६० वर्षीय चन्द्रबहादुर मोक्तानको भिरबाट खसेर मृत्यु भएको हो। घटना गएराति करिब १० बजे भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मानसिक अवस्था सामान्य नरहेको र गाउँघरमा हिँडडुल गर्दै आएका मोक्तान आफ्नै घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए। भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*