एनपीएल तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि खेलाडी अक्सन असार २२ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी संस्करणको अक्सन जुलाई ६ अर्थात् असार २२ गते आयोजना गर्ने जनाएको हो।
अक्सनअघि सहभागी सबै आठ फ्रेन्चाइजी टोलीले आगामी सिजनका लागि आफ्नो रिटेन र रिलिज सूची सार्वजनिक गरिसकेका छन्। अधिकांश टोलीले आफ्ना मार्की खेलाडीलाई निरन्तरता दिएका छन् भने मधेश प्रदेशले भने मार्की खेलाडी आसिफ शेख लाई रिलिज गरेको छ।
अन्य सबै फ्रेन्चाइजीले आफ्ना मार्की खेलाडीलाई कायम राख्दै नयाँ सिजनको तयारी अघि बढाएका छन्। अब अक्सनमार्फत टोलीहरूले आवश्यक खेलाडी छनोट गरी आफ्नो अन्तिम टोली निर्माण गर्नेछन्।
एनपीएलको तेस्रो संस्करणलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन क्यान तथा फ्रेन्चाइजी टोलीहरू तयारीमा जुटेका छन्। आगामी अक्सनले विभिन्न टोलीको रणनीति र सन्तुलन तय गर्ने भएकाले क्रिकेट समर्थकहरूमा पनि विशेष चासो देखिएको छ।









