वडाध्यक्ष कपमा शान्ति चोक टोलविकास संस्था बिजयी

कोल्हवी न्यूज
२०८३ असार ८, सोमबार ०८:०९ गते

हेटौंडा / हेटौंडा ११ सरस्वतीको मितेरी चौरमा भैरहेको वडाध्यक्षकप फूटबल प्रतियोगिता सम्पन्न भएको छ । १२ वटा टोलविकास संस्थाका खेलाडीहरुले फुटबल प्रतियोगितामा भाग लिएका थिए । डाङ्डुङ्गे टोलविकास संस्था र शान्तिचोक टोलविकास संस्थाबिच असार ७ गते भएको फाइनल खेलमा शान्तिचोक टोलविकास संस्थाले गोल्फिन्टारलाई ० को विरुद्ध १ गोलले पराजित गरेको छ । खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडा ११ नम्बर वडा बाल संजालद्वारा आयोजित वडाध्यक्ष कपका बिजेतालाइ रु. २० हजार नगद , ट्रफी , मेडल सहित प्रमाणपत्र र सेकेन्ड हुने टीमलाइ रु.१० हजार सहित मेडल , ट्रफी , प्रमाणपत्र प्रदान गरिएको छ । क्याप्टेन डोल्सिङ घलेको संयोजकत्वमा तथा बाल संजाल अध्यक्ष आचल सुबेदीको अध्यक्षतामा भएको खेलमा वडाध्यक्ष जुना दाहाल , वडासदस्य संजय बिडारी , गोपिनी सापकोटा , बिकास नेपाल , गीता सुनार लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*