जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पर्साका एक युवक पक्राउ

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार ०७:३२

पर्सा प्रहरीले एक जना युवकलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका(१ का १९ वर्षीय शेख सलाउद्दीन रहेका छन्।

बिहीवार दिउँसो स्थानीय एक ३८ वर्षीया महिला र उनकी २० वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा सलाउद्दीनलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी उद्योग मुद्दामा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

डीएसपी खनालका अनुसार सलाउद्दीनले आफना ६र७ जना साथी लिएर घरमा एक्लै बसिरहेको अवस्थामा ती दुवै महिलाहरुलाई जबरजस्ती करणी गर्न खोजेको पीडित परिवारको आरोप छ।

यता, पक्राउ परेका युवकका बुवा जनप्रतिनिधि हुन्। उनले दिन दहाडै जबरजस्ती करणी गर्न साथीसँग छोरा कसरी जान सक्छ भन्दै उसलाई फसाउन खोजिएको दावी गरे। ‘मेरो छोरा बदमाश छ, यसमा दुईमत छैन, तर झगडा गर्न गएको घटनालाई प्रहरीले अर्को रुपमा दिन खोजेको छ,’ पक्राउ परेका युवकका बुवाले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*