वीरगंजको बिराट दंगल धमाल नेपालका वसन्त थापाले गरे बब्बाल (फोटो फिचर)

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार ०७:२६ गते

छठको थकान मेट्न वीरगंजमा बिराट दंगल (कुस्ती) प्रतियोगिता सम्पन्न भएको छ। वीरगंज-१६ ईनार्वामा हरेक वर्षझैँ यस वर्ष पनि छठको पारणदेखि दुई दिनसम्म चल्ने विराट दंगल सम्पन्न भएको हो। कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए। कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलमान वसन्त थापाले दुई जोड कुस्ती लडेर दुवैमा जित निकाल्दै खेलप्रेमीको मन जितेका थिए।

कुस्तीमा बाजी मार्ने पहलमानहरुले गम्छामा खेलप्रेमीबाट नगदको रुपमा १० देखि ५ हजारसम्म पुरस्कार थापेका थिए। कुस्ती प्रतियोगितामा नेपालका पर्सा, बारा, नवलपरासी, रुपन्देही र भारतका बिहार, गोरखपुर, कानपुर, गाजियाबाद, दिल्ली, पन्जाब, हरियाणा, जम्मु काश्मिरलगायत ठाउँबाट पहलमानहरुको सहभागिता थियो। दुई दिनको कुस्ती प्रतियोगितामा करिब सयभन्दा बढी जोड कुस्ती भएको छ। अधिकांश कुस्तीको जोडको लडाई बराबरीमा टुंगिएको छ।

कुस्तीको उद्घाटन जसपा पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले गरेका थिए। कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारी, जसपा वीरगंज नगर सभापति ईश्वरचन्द्र यादवलगायतको सहभागिता थियो।

पहिलोपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*