धनुषाको सरकारी पोखरीमा अज्ञात पुरुषको शव फेला

कोल्हवी न्यूज
२०८३ असार ४, बिहीबार १६:४८ गते

धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित एक सरकारी पोखरीमा अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार करिब ४० वर्ष उमेरका पुरुषको शव बुधबार पोखरीमा भेटिएको हो। मृतकको नाम, थर, वतन तथा अन्य परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाको कारण खुल्न नसकेको र मृतकको पहिचान तथा मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले शवको पहिचान खुलाउने तथा घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*