बारामा टिपर–मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु, एक गम्भीर घाइते

कोल्हवी न्यूज
२०८३ असार ३, बुधबार १६:३२ गते

बाराको आदर्श कोतवाल गाउँपालिका–४ मा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सिम्रौनगढतर्फ गइरहेको टिपर र भारतबाट नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनापछि मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अर्का व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। मृतक तथा घाइतेको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*