भारतीय नम्बरको मोटरसाइकलमा गाँजा ओसार्दै गर्दा रौतहटबाट दुई युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ असार १, सोमबार ०७:३८ गते

रौतहट । रौतहट प्रहरीले करिब साढे पाँच किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले गौर नगरपालिका–४ गढवा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–४ निवासी २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठा रहेका छन्। उनीहरू भारतीय नम्बर प्लेटको बीआर ०५ एस ६६०९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार रहेको अवस्थामा प्रहरीले रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। साथै एक थान मोबाइल फोन र प्रयोग गरिएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ। यसका लागि रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति समेत लिइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*