बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १५:४१ गते

काभ्रेको बुच्चाकोट क्षेत्रमा शुक्रबार भएको बस दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्। बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट मा यात्रुवाहक बस दुर्घटनामा परेको हो।

रविन बिष्ट का अनुसार दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

बा३ ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले घटनास्थलमा तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*