मैत्री पुलबाट कागजातबिनै भारत छिर्न खोज्दा दुई विदेशी नागरिक पक्राउ

कोल्हवी न्यूज
२०८३ जेष्ठ २६, मंगलवार १६:०४ गते

भारत–नेपाल सीमास्थित रक्सौलको मैत्री पुलबाट आवश्यक भिसा र यात्रा कागजातबिनै भारत प्रवेश गर्ने प्रयास गरेको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।

भारतीय सुरक्षा निकायले नियमित सुरक्षा जाँचका क्रममा म्यानमारका नागरिक आङ निङ ल्याट र स्विट्जरल्यान्डकी नागरिक जुनिला बेक श्रेष्ठ्रालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई हरैया थाना क्षेत्रअन्तर्गत रहेको सीमा नाकामा रोकेर कागजात जाँच गर्दा आवश्यक अनुमति नदेखिएपछि हिरासतमा लिइएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ परेका दुवै जनामाथि सोधपुछ भइरहेको छ। उनीहरू भारत प्रवेश गर्न खोज्नुको उद्देश्य र आवश्यक कागजात नभएको अवस्थाबारे सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ।

हरैया थाना प्रमुख कृष्ण पासवानले कानुनी प्रक्रिया पूरा गरी दुवैलाई मोतिहारी अदालतमा पेश गरिएको जानकारी दिएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार आङ निङ ल्याट म्यानमारको याङ्गुनस्थित मायाङ्गोन क्षेत्रका बासिन्दा हुन् भने जुनिला बेक श्रेष्ठ्राको स्थायी बसोबास स्विट्जरल्यान्डको लाउफेनबर्गमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*