वीरगन्जमा खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिँदा ५ वर्षीय बालकको ज्यान गयो
पर्साको वीरगन्ज महानगरपालिका–३० प्रसोतिपुरमा ट्रयाक्टरले खेत जोत्ने क्रममा भएको दुर्घटनामा एक ५ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजे मधेश प्रदेश ०३–००१ त ८१७६ नम्बरको ट्रयाक्टरसँग जडान गरिएको रोटाभेटरमा बेरिँदा स्थानीय नुरैन मियाँका छोरा सोनु अन्सारी गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले साँझ साढे ७ बजे मृत घोषणा गरेका थिए।
बालक आफ्नै परिवारको खेत जोत्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











