स्वास्थ्य मन्त्रालयमा अब एक मात्र सचिव, डा. विकास देवकोटाले सम्हाल्ने सम्पूर्ण नेतृत्व

कोल्हवी न्यूज
२०८३ जेष्ठ २६, मंगलवार ०६:४५ गते

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिव रहने व्यवस्था लागू भएको छ। नेपाल सरकारले स्वीकृत गरेको ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूको दरबन्दी पुनः मिलान गरिएपछि स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि कायम दुई सचिवको व्यवस्था अन्त्य भएको हो।

नयाँ व्यवस्थाअनुसार अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र बहाल रहनेछन्। उनले मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि मन्त्रालयमा स्वास्थ्य सेवा र प्रशासनतर्फ छुट्टाछुट्टै सचिव रहने व्यवस्था थियो। दरबन्दी पुनर्संरचनापछि प्रशासनतर्फका सचिव डिल्लीराम शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

सरुवा भएसँगै सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव शर्माको औपचारिक बिदाइसमेत गरिएको छ। सरकारको नयाँ प्रशासनिक व्यवस्थापनअन्तर्गत मन्त्रालयहरूको संरचना थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सचिव पदको पुनः मिलान गरिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*