बरहथवामा बयलगाडाको ठक्करबाट घाइते बालकको उपचारकै क्रममा मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका–१६ मा बयलगाडाको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय खैरु पण्डितले चलाएको बयलगाडाले शनिबार ९ वर्षीय सुभास कुम्हाललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
प्राथमिक उपचारपछि अवस्था जटिल देखिएपछि बालकलाई थप उपचारका लागि न्यूरो अस्पताल रिफर गरिएको थियो। अस्पतालमा उपचार भइरहेकै बेला आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी वेदप्रसाद गौतम का अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।











