काठमाडौंमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कोल्हवी न्यूज
२०८३ जेष्ठ २३, शनिबार ०६:५३ गते

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ४२ वर्षीय कुमार थापा मगरले फलामको रड प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेल गम्भीर घाइते भएकी थिइन्। घाइते भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो।

घटनापछि प्रहरीले मगरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले घरायसी विवादका कारण श्रीमतीमाथि आक्रमण गरेको बयान दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*