गायक पशुपति शर्मा अब चलचित्रका नायक बन्दै

कोल्हवी न्यूज
२०८३ जेष्ठ २१, बिहीबार ०७:५७ गते

काठमाडौं । लोकदोहोरी गायनमार्फत लोकप्रियता कमाएका पशुपति शर्मा अब चलचित्रमा नायकको भूमिकामा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमार्फत उनले अभिनय यात्राको सुरुआत गर्न लागेका हुन्।

चलचित्रका लागि पशुपति शर्मासँग औपचारिक सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ। यद्यपि चलचित्रको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

निर्माणाधीन चलचित्रको कथा तथा निर्देशन अमरदीप सापकोटा ले गर्नेछन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी असारको दोस्रो सातादेखि सुरु गरिनेछ। चलचित्रमा अन्य कलाकार को–को रहनेछन् भन्नेबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

सांगीतिक क्षेत्रमा स्थापित नाम बनाइसकेका पशुपति शर्माको नायकका रूपमा चलचित्रमा आगमनलाई दर्शकले चासोका साथ हेरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*