रवि लामिछानेसँगको भेटपछि मोदीको सन्देश: नेपालसँग सहकार्यमा उत्सुक छौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउन वर्तमान सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्।
बुधबार रवि लामिछाने सँग भेटपछि सामाजिक सञ्जाल (X) मार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदारका रूपमा लिइएको स्पष्ट पारेका हुन्।
मोदीले लेखेका छन्, “हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।”
उनले रवि लामिछानेसँग भएको भेटप्रति खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने उनको दृष्टिकोणलाई स्वागत गरेको पनि उल्लेख गरेका छन्। मोदीका अनुसार यस्तो सहकार्यले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउनेछ।











