रवि लामिछाने–नरेन्द्र मोदी भेट, नेपाल–भारत सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

कोल्हवी न्यूज
२०८३ जेष्ठ २०, बुधबार १५:२६ गते

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, साझा हित र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले नेपालसँग सहकार्य बढाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यतर्फ अघि बढ्न भारत तयार रहेको बताएका छन्।

लामिछानेको भारत भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग पनि भेट गरेका छन् भने प्रतिनिधिमण्डलमा पार्टीका नेता तथा सांसदहरू सहभागी रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*