रौतहटमा काठ तस्करको आक्रमण, वन अधिकृतसहित पाँच जना घाइते

कोल्हवी न्यूज
२०८३ जेष्ठ २०, बुधबार १५:२७ गते

रौतहटमा वन संरक्षणका लागि गस्तीमा निस्किएको संयुक्त टोलीमाथि काठ तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।

डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको टोली सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्ड नजिक काठ चोरी भइरहेको सूचनाका आधारमा गस्तीमा गएको थियो। तर जंगल क्षेत्रमा प्रवेश गर्नेबित्तिकै तस्करहरूले घेरा हालेर टोलीमाथि कुटपिट गरेका थिए।

आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा चालक अरविन्द पटेल घाइते भएका छन्।

गम्भीर घाइतेहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ। घटनापछि स्थानीय वन कर्मचारी र उपभोक्ता समितिले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*