थाइल्यान्डबाट पक्राउ परिन् ‘टिकटकर तुलसा’, आज अदालतमा पेश गरिने

कोल्हवी न्यूज
२०८३ जेष्ठ १७, आईतवार ११:५२ गते

काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा’ नामले परिचित तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ। उनीविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।

अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

प्रहरीका अनुसार तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीविरुद्ध ललितपुरका एक व्यवसायीले जाहेरी दिएका थिए। जाहेरीमा अधिकारीले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै निरन्तर ‘ब्ल्याकमेल’ गरेको आरोप लगाइएको छ।

पीडित व्यवसायीले अधिकारीले धम्की र दबाबमार्फत आफूबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी गरेका छन्।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*