काभा महिला भलिबलमा नेपाल पदकविहीन, भारतसँग हार्दै चौथो स्थानमा सीमित

कोल्हवी न्यूज
२०८३ जेष्ठ १५, शुक्रबार १६:४६ गते

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

भारतले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५–२३ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेटमा नेपाल २५–१५ ले जित्यो ।

खेलको चौथो सेट भने भारतले नेपालमाथि २५–२२ को जित निकाल्यो । यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो ।

यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३–० को सेटमा पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*