चलचित्र क्षेत्रमा चहलपहल बढ्यो, कपिराइट दर्ता भने न्यून

कोल्हवी न्यूज
२०८३ जेष्ठ १३, बुधबार १५:४९ गते

नेपालमा निर्माण हुने कथानक चलचित्रको संख्या चालु आर्थिक वर्षमा बढेको देखिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुन मसान्तसम्म १३२ नेपाली कथानक चलचित्रले जाँचपास (सेन्सर) अनुमति प्राप्त गरेका छन् ।

सर्वेक्षणले नेपाली चलचित्र उद्योगमा गतिविधि बढ्दै गएको देखाएको छ । यस अवधिमा २१ वटा विज्ञापन चलचित्रले पनि सेन्सर अनुमति लिएका छन् ।

त्यस्तै, विदेशी चलचित्रका लागि नेपाल आकर्षक छायाङ्कन गन्तव्य बन्दै गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २५ विदेशी चलचित्रले नेपालमा छायाङ्कन अनुमति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ३० रहेको थियो भने २०८१ असारसम्म ५३ विदेशी चलचित्रले अनुमति पाएका थिए ।

यद्यपि, चलचित्र तथा सृजनात्मक सामग्रीको प्रतिलिपि अधिकार (कपिराइट) दर्ता भने निकै न्यून रहेको सर्वेक्षणले औँल्याएको छ । हालसम्म नेपालमा ३ हजार २ सय ७८ प्रतिलिपि अधिकारसम्बन्धी कृति दर्ता भए पनि चलचित्र तथा वृत्तचित्रतर्फ जम्मा १७ वटा कृति मात्रै दर्ता भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*