रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु, बाराका मोक्तान पक्राउ
२०८३ जेष्ठ १२, मंगलवार १२:४३ गते
रौतहट । रौतहट मा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी को ज्यान गएको हो ।
प्रहरीका अनुसार झगडा रोक्ने प्रयासका क्रममा उनलाई धकेलेको आरोपमा बारा निजगढ नगरपालिका–६ निवासी ३८ वर्षीय विमल मोक्तान लाई पक्राउ गरिएको छ ।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।











