सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०८३ जेष्ठ ११, सोमबार १५:५२ गते

सर्लाहीमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुम्बासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्।

प्रहरीका अनुसार उनलाई बरहथवा नगरपालिका–१२ लौकट गाउँबाट सोमबार बिहान पक्राउ गरिएको हो। घलानको साथबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १ सय ग्राम बारुद तथा फलामका ८० थान छर्रा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय हीरापुरबाट खटिएको प्रहरी टोलीले उनलाई हातहतियारसहित नियन्त्रणमा लिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*