ह्वाइट हाउस बाहिर गोलीकाण्ड : आक्रमणकारी ढल्यो, एक सर्वसाधारण गम्भीर घाइते

कोल्हवी न्यूज
२०८३ जेष्ठ १०, आईतवार ०६:५३ गते

अमेरिकाको राजधानी वासिङ्टन डीसी स्थित ह्वाइट हाउस बाहिर शनिबार साँझ तनावपूर्ण अवस्था सिर्जना भएको छ। सुरक्षा चेकपोइन्ट नजिक एक बन्दुकधारीले अचानक गोली चलाएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेका हुन्।

अमेरिकी गुप्तचर निकाय युनाइटेड स्टेट्स सीक्रेट सर्भिस का अनुसार साँझ करिब ६ बजेतिर ती व्यक्ति सुरक्षा क्षेत्रमा प्रवेश गर्न खोज्दै सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका थिए। त्यसपछि सुरक्षाकर्मीले तत्काल जवाफी फायरिङ गर्दा आक्रमणकारी गम्भीर घाइते भएका थिए। अस्पताल लगिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनाका क्रममा त्यहाँ रहेका एक सर्वसाधारण पनि गम्भीर घाइते भएका छन्। उनीमाथि आक्रमणकारीको गोली लागेको हो वा दोहोरो फायरिङका क्रममा घाइते भएका हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

गोलीकाण्ड हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको जनाइएको छ। उनी सुरक्षित रहेको र घटनाबारे तुरुन्तै सुरक्षा निकायले जानकारी गराएको ह्वाइट हाउस स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*