धादिङको थाक्रेमा खानी दुर्घटना, टिपर चालकको ज्यान गयो

कोल्हवी न्यूज
२०८३ जेष्ठ ८, शुक्रबार १६:४३ गते

धादिङको थाक्रे गाउँपालिका–७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा भएको दुर्घटनामा एक टिपर चालकको ज्यान गएको छ।

प्रहरीका अनुसार ढुङ्गा लोड गर्ने क्रममा खानीमाथिबाट अचानक ठूलो ढुङ्गा खसेर बा५ख ८५८० नम्बरको टिपरमा लागेको थियो। दुर्घटनामा च्यापिएका ३५ वर्षीय चालक देवेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश दहालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*