बाराको प्रसौनीस्थित पशुपति लाइटर फैक्ट्रीमा आगलागी, करिब २ करोड रुपैयाँ क्षति
प्रसौनी गाउँपालिकास्थित पशुपति लाइटर फैक्ट्रीमा बुधबार साँझ भएको आगलागीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
प्रहरीका अनुसार प्रसौनी–४ मा रहेको उक्त फैक्ट्रीमा साँझ करिब ७:३० बजे लाइटर भर्ने प्लान्टबाट ट्रलीमार्फत सामग्री सार्ने क्रममा ट्रली लड्दा आगलागी सुरु भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र इलाका प्रहरी कार्यालय प्रसौनीले प्रारम्भिक अनुमानअनुसार आगलागीबाट प्लान्टमा ठूलो क्षति पुगेको जनाएको छ।
घटनापछि प्रहरी, फैक्ट्रीका कामदार तथा स्थानीय तहको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीले आगलागीबाट कुनै मानवीय क्षति नभएको पुष्टि गरेको छ।











