जिल्ला प्रहरी कार्यालय बाराअगाडि तेस्रोलिङ्गीको प्रदर्शन, तीन जना पक्राउ

कोल्हवी न्यूज
२०८३ जेष्ठ ५, मंगलवार ०७:२४ गते

बारा । जिल्ला प्रहरी कार्यालय बाराअगाडि प्रदर्शन गरेका तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका खुश्बु भनिने अफजल मियाँ दर्जीलाई रिहा गर्न माग गर्दै तेस्रोलिङ्गी समूहले आज बिहान प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सडक अवरुद्ध गर्नुका साथै सर्वसाधारण र सवारीसाधनको आवतजावतमा समेत अवरोध पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा प्रदर्शनकारीले गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए। त्यसपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेहरूमा रौतहटको दवाही गोनाही गाउँपालिका–५ की २६ वर्षीया दिव्या रानी, जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*