बीरगन्जमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ जेष्ठ ३, आईतवार १५:३३ गते

पर्साको बीरगन्ज मा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय राहुल सिंह र जितपुर सिमरा उपमहानगरपालिका–७ का १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई जेठ २ गते बीरगन्ज–३१ स्थित कटगेनवा सडक खण्डबाट नियन्त्रणमा लिइएको हो। प्रहरीको जाँचका क्रममा उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ।

प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत का अनुसार दुवै जना ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा सवार भई भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गर्दा शंकाको आधारमा जाँच गरिएको थियो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*