साफ महिला च्याम्पियनशिपका लागि नेपालको अन्तिम टोली घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनशिपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपाने ले प्रतियोगिताका लागि अन्तिम टोली छनोट गरेका हुन्।
घोषित टोलीमा अनिता लम्जेल र बिर्सना चौधरी पहिलोपटक राष्ट्रिय टोलीमा समेटिएका छन्। यस्तै गीता राना, सविना चौधरी र अनिता केसीले पुनरागमन गरेका छन्।
नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाईं भने यसपटक टोलीमा अटाउन सकेनन्।
SAFF Women’s Championship भारतको गोवा मा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ श्रीलंका र भुटान पनि रहेका छन्।
समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र मालदिभ्स रहेका छन्। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा आगामी जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।










