नेपालबाट लागिएको पौने ३ किलो चरेश बरामद:तस्कर मुन्ना पक्राउ

कोल्हवी न्यूज
२०८३ बैशाख २९, मंगलवार १६:४६ गते

रौतहट:नेपालबाट तस्करी मार्फत लागूऔषध चरेश ल्याएर भण्डारण गरेको बिशेष सूचनाको आधारमा भारतीय सीमा सुरक्षा बल एसएसबी ७१ औं बटालियन र बिहार पुलिसको संयुक्त टोलीले एक घरमा छापामारी पौने ३ किलो चरेश सहित एकजना लाई पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा भारत बिहार मोतीहारी जिल्ला जितना थानाक्षेत्र अन्तर्गत अगरवा गाउँका गजेन्द्र राय यादवको घरमा संयुक्त टोलीले मंगलवार बिहान छापामारी गरी घरभित्र बोरामा लुकाई राखेको पौने ३ किलो चरेश बरामद गरिएको एसएसबि मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन्।

चरेश संगै लागूऔषध कारोबारका संलग्न घरधनी यादवको छोरा बर्ष २६ का मुन्ना कुमार यादव लाई पक्राउ गरिएको तिवारीले जानकारी दिएका छन्।बरामद चरेश र पक्राउ परेका मुन्ना लाई आवश्यक कारवाहीको लागि जितना थानामा बुझाईएको एसएसबि प्रवक्ता बिनित कुमार सिंहले बताएका छन्।

बरामद चरेश बारा जिल्लाको नाका हुँदै नेपालबाट ल्याएको आरोपीले स्वीकारेको एसएसबि ७१ औं बटालियन पिपराकोठी ले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*