सर्लाहीमा वेवारिसे शव फेला, सनाखत हुन सकेन
२०८३ बैशाख २८, सोमबार ०६:४३ गते
काठमाडौँ । सर्लाहीमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । गोडैता नगरपालिका–६ स्थित बग्दह चिनीमिल नजिक हुलाकी सडकखण्डमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार शव सडेगलेको अवस्थामा भेटिएकाले हालसम्म पहिचान खुल्न सकेको छैन । शवको सनाखतका लागि प्रहरीले आवश्यक अनुसन्धान तथा खोजी कार्य जारी राखेको जनाएको छ ।
फेला परेको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जानकारी दिएको छ ।










