दुई दशकदेखि चिहाउँदै कोल्हवीको खानेपानी ट्यांकी
अशेष ढुंगाना
कोल्हवी:बारा जिल्लाको कोल्हवी मा करिब दुई दशकअघि निर्माण गरिएको खानेपानी ट्यांकी अहिले पनि सञ्चालनविहीन अवस्थामा रहेको छ। लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त ट्यांकी वर्षौंदेखि प्रयोगमा आउन नसक्दा स्थानीय बासिन्दा निराश बनेका छन्।
स्थानीयका अनुसार कोल्हवी बजार क्षेत्र र आसपासका बस्तीमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले निर्माण थालिएको यो आयोजना विभिन्न समयमा बनेका उपभोक्ता समिति,राजनीतिक हस्तक्षेप, प्राविधिक कमजोरी र समन्वय अभावका कारण अलपत्र परेको हो।
स्थानीय वृद्धवृद्धा बताउँछन्,“ट्यांकी बनेको धेरै वर्ष भयो,तर आजसम्म पानी बितरण भएको देख्न पाइएन।”अहिले ट्यांकी वरिपरि झारपात उम्रिएको छ भने संरचनामा समेत जीर्णता देखिन थालेको छ।
खानेपानी आयोजना सञ्चालनका लागि पटक–पटक नयाँ उपभोक्ता समिति गठन गरिए पनि कामले गति लिन सकेन। एक समितिले सुरु गरेको काम अर्को समितिले निरन्तरता नदिने,आर्थिक पारदर्शितामाथि प्रश्न उठ्ने र योजनाको स्पष्ट दीर्घकालीन खाका नबन्नु मुख्य समस्या बनेको स्थानीयको आरोप छ।
अझ अहिले नेतृत्व गरिरहेका सोही वाड न.१ का अध्यक्ष राजहरण चौधरिनै उक्त खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहुन्छ।उहाँका अनुसार नगरपालिकाले बजेट बिनियोजन गर्द्दा खानेपानीलाई ध्यान नदिएको र आफ्नो वडामा समेत पर्याप्त बजेट नहुदा थप समस्या भएको कोल्हवी न्युज लाई बताउनु भएको छ।
कतिपय स्थानीय अगुवाहरूका अनुसार आयोजना निर्माणका क्रममा पाइपलाइन विस्तार,मोटर जडान,विद्युत् व्यवस्थापन तथा स्रोत संरक्षणका विषयमा पर्याप्त अध्ययन नगरिएकाले योजना व्यवहारिक बन्न सकेन। कतिपय समयमा बजेट अभाव त कतिपय समयमा राजनीतिक विवादका कारण काम रोकिने गरेको बताइन्छ।
कोल्हवीका सर्वसाधारण अहिले पनि ह्याण्डपम्प तथा निजी बोरिङको भर पर्न बाध्य छन्।
स्थानीयवासीले सम्बन्धित निकाय,नगरपालिका र सरोकारवालासँग दीर्घकालीन समाधान खोज्दै तत्काल खानेपानी आयोजना सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरू भन्छन्,“ट्यांकी फोटो खिच्ने संरचना मात्रै नभई जनताको आधारभूत आवश्यकता पूरा गर्ने माध्यम बनोस।”हाल कोल्हवी नगरपालिकामा एक गैरसरकारी संस्थाको तथ्यांक अनुसार ६५० भन्दा केही बढी मात्रले कोल्हवी नगरपालिकामा स्वच्छ खानेपानी पाईरहेका छन










