रामधुनीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको दुःखद मृत्यु

कोल्हवी न्यूज
२०८३ बैशाख २४, बिहीबार १५:२९ गते

सुनसरीको रामधुनी नगरपालिका–६ ढेडीगाउँमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। घटनापछि स्थानीय बस्ती शोकमा डुबेको छ।

मृत्यु हुनेमा स्थानीय आकाश चौधरीका ६ वर्षीय छोरा प्रनिक चौधरी र अभिनाष चौधरीका ९ वर्षीय छोरा विकास चौधरी रहेका छन्।

प्रहरीका अनुसार सेउती खोला किनार नजिक रहेको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा उनीहरू डुबेका थिए। घटनालगत्तै स्थानीयवासीले बालकहरूलाई उद्धार गरी उपचारका लागि लबिपुरस्थित सान्वि सिटी अस्पताल पुर्‍याएका थिए।

तर उपचारकै क्रममा दुवै बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाले गाउँ नै स्तब्ध बनेको छ भने बालकहरूको असामयिक निधनप्रति स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*