हैदरावादको शानदार जित, आईपीएल अंकतालिकाको शीर्षमा उक्लियो

कोल्हवी न्यूज
२०८३ बैशाख २४, बिहीबार ०७:३९ गते

Cooper Connolly of Punjab Kings celebrates after scoring a fifty during Match 49 of the TATA Indian Premier League 2026 between Sunrisers Hyderabad and Punjab Kings at Rajiv Gandhi International Stadium, Hyderabad, India, on May 6, 2026.
Photo by Deepak Malik / CREIMAS for IPL

इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा सनराइज हैदरावाद ले पंजाब किंग्स लाई ३३ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय ३५ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका लागि हेनरिक क्लासेन ले ४३ बलमा ६८ रन बनाए भने इशान किशन ले ३२ बलमा ५५ रनको योगदान दिए।

२ सय ३६ रनको लक्ष्य पछ्याएको पंजाबका लागि कुपर कोनली ले अविजित १ सय ७ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गरेका थिए।

अन्य ब्याटरले राम्रो साथ दिन नसक्दा पंजाब सात विकेट गुमाएर २ सय २ रनमा सीमित भयो।

यो जितसँगै हैदरावादले ११ खेलबाट १४ अंक जोडेको छ। पंजाब १० खेलबाट १३ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिताअन्तर्गत आज लखनउ सुपर जायन्ट्सरोयल च्यालेन्जर्स बेङ्गलुरु बीच प्रतिस्पर्धा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*